मनकामनापोष्ट

Written by 10:43 am ताजा अपडेट, धर्म/संस्कृति, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

समाचखेवाको अवसरपारेर दाजुभाईको दीर्घायूको कामना गर्दै मधेसका दिदीवहिनी


सिरहा,मंसिर १ गते । दाजुभाईको दीर्घायुको कामना गर्दै दिदीबहिनीले कार्तिक पूर्णिमाको दिन भोलि २ मंसिर (बिहीबार) सामाचकेवा खेल्दैछन् । तराई मधेश क्षेत्रका दिदीबहिनीले सामाचकेवा खेल्न सामा, चकेवा, भमरा सातभैया, चुग्ला, वृन्दावनलगायत माटोको मानव आकृति बनाई खेल्ने सामग्री तयार पारीसकेका छन् ।

गोलबजार ५ कि ३१ वर्षीया रामपरि महतोले सामाचकेवा खेल्नका लागि दुई दिनअघि नै आवश्यक सामग्री बनाई रंगरोगन गरिसकेको बताइन । उनी भन्छिन्, झचढाउने सामग्री चिउरा, फलफुल, दही, चिनी किनीसकेकी छु । एक हप्ताअघिदेखि नै साँझको खाना खाइसकेपछि वल्लो घर र पल्लो घरका छिमेकीहरू एकै ठाउँमा बसेर दाजुभाईलाई आशिष दिँदै गीत गाउने गरिरहेका छौँ ।’ गोलबजार नगरपालिका नगरपालिका ७ की फूलोदेवी रायका अनुसार समाचकेवा मुख्य दिन भने भोलि कात्तिक पूर्णिमा हो ।

उनले थपिन्, ‘यो पर्व दाजुभाई दिदीबहिनीबीच अटुट प्रेम स्थापना गर्ने माध्यम समेत हो ।’ मिर्चैया नगरपालिका ७ की रोशनी यादवले सामाचकेवा १५ दिन अघि बनाइर प्रत्येक रातिराति सबैले बनाएको सामाचकेवा एकै ठाउँमा आँगनमा राखेर छिमेकीहरू एक ठाउँमा भेला भई दाजुभाईको दीर्घायूको लागि कामना गर्दै गीत गाउने र रमाइलो गर्ने गरेको बताए ।

कात्तिक पूर्णिमाका दिन पूजापाठ गरी विधिवत रूपले पोखरी, तलाउ, नदीमा सेलाउने चलन रहेको उनले बताइन् । उनले थपिन्, ‘माटोले बनाएको मुर्तिमध्ये चुग्ली गर्ने चुग्लालाई आगो लगाई जलाइन्छ । खरले बनाइएको बृन्दा वनमा आगो लगाएर दाजुभाईले निभाउँदै छ भन्ने गीत गाउँदै समापन गरिन्छ ।’

त्यही स्थानमा सबै साथीसंगी मिलेर दही चिउरा, मिठाइँ बाँडेर प्रसादको रूपमा खाई फर्किने चलन छ । यो चाड मधेशका समुदाय र थारूको संस्कृति र पहिचानसँग समेत जोडिएको चौधरीको भनाइ छ ।

(Visited 5 times, 1 visits today)

HTML tutorial