मनकामनापोष्ट

Written by 4:45 am ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

६१ वडा मध्ये ताप्लेजुङमा नेकपा माओवादी केन्द्रको ४४ वडामा सम्मलेन सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङमा नेकपा माओवादी केन्द्रले ४४ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । ६१ ओटा वडा रहेको ताप्लेजुङमा आज शनिबार ४४ वडाको सम्मेलन सकिएको पार्टी जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री परागले जानकारी दिनु भयो । उहाँका अनुसार बाँकी रहेको १७ वटामा मंगलबार सम्ममा वडा सम्मेलन सम्पन्न गरिनेछ । आवश्यक तयारी पूरा भई नसकेकाले उक्त वडाहरुको सम्मेलन बाँकी रहेको उहाँको भनाई छ । यता वडा सम्मेलन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको जनाएको छ । मङ्सिर ११ मा पालिका अधिवेशन भएकाले त्यो भन्दा अघिनै सकिने बुढाक्षेत्री जानकारि दिनुभयो । तयारी अपुग भएका कारण शनिबार सम्मेलन हुन नसकेका वडाहरुमा चाँडै सम्पन्न गरेर तोकिएको समयभित्रै पालिका र जिल्लाको सम्मेलन सम्पन्न गर्ने बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

HTML tutorial