मनकामनापोष्ट

Written by 5:10 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

चन्द्रनगरमा बाल अधिकार दिवसको सन्दर्भमा बाल विवाह विरुद्ध धर्मगुरुहरुसंग छ्लफल तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न



राजिव शाह
सर्लाही,मंसिर ६ गते ।
चन्द्रनगर गाउँपालिका सहकार्यमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भमा बाल विवाह विरुद्ध धर्मगुरुहरुसंग छ्लफल तथा अन्तक्रिर्या कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
युनिसेफको आर्थिक तथा प्राबिधिक सहयोग र चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमबाट बाल विवाह विरुद्ध आचारसंहिता,बाल क्लब भुमिका,पालिकाको योजना र पालिका स्तरीय बाल विवाह विरुद्ध संजालको गठन गरी ४ ओटा निर्णय समेत पारित गरेको छ ।
कार्यक्रममा चन्द्रनगर गापा उपाध्यक्ष ,१ देखि ७ वडाका वडा अध्यक्ष,प्रशासकीय अधिकृत, महिला तथा बालबालिका प्रमुख, शिक्षा प्रमुख,कृषि शाखा प्रमुख ,बाल क्लब , युवा क्लब , गैरसरकारी संस्था प्रमुख, इस्लाम धार्मिकगुरुहरुको सहभागिता रहेको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिए ।
चन्द्रनगर,६ कामद स्थित कृषि ज्ञान केन्द्रमा भएको कार्यक्रममा अतिथि वक्ताहरुले बाल विवाह अवस्था चुनौती न्यूनीकरणको बारेमा बिचार राखेका थिए ।

(Visited 33 times, 1 visits today)

HTML tutorial