मनकामनापोष्ट

Written by 10:43 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ ः राष्ट्रपति


जनकपुरधाम,मंसिर ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् ।

महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन् ।

जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद् रहेको बताइन् । प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन् ।

सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासिनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए । विशेषगरी उनले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको उनको गुनासो छ ।

(Visited 4 times, 1 visits today)

HTML tutorial