मनकामनापोष्ट

१८ मंसिर १८, शनिबार

Written by 3:47 pm ताजा अपडेट, बागमती प्रदेश, राष्ट्रिय, समाज

विपि राजमार्गमा दुर्घटना ः मोटरसाईकल चालकको मृत्यु, ठक्कर दिने बुलेरो स्थानियले जलाए




रविन्द्र भटराई

सिन्धुली,मंसिर ७ गते । भिमान विपि राजमार्ग अन्तर्गत सिन्धुली–भिमान सडक खण्डमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको कुखुरा बोक्ने बुलेरोले ना ३६ प ५७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक इलाका प्रहरी कार्यालय पर्सामा कार्यरत तेजेन्द्र बुढामगरको ज्यान गएको हो । उनि बाग्लुङको रहेको र सिन्धुली सिस्नेरी ससुराली रहेको एक श्रोतले जनाएको छ । दुघटना विपि राजमार्गको सिन्धुली–भिमान सडक खण्ड अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ८ कल्याणी मन्दीर नजिकै करकरे माईस्थानमा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतक बुढा मगरको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि स्थानियले सडक अवरुद्ध बनाएका छन् । साझ ६ बजे देखि राजमार्ग अवरुद्ध बनाएका हुन् । स्थानियले मोटरसाईकललाई ठक्कर दिने बुलेरोमा समेत आगजानी गरेको प्रत्यक्षदर्शी समाजसेवी दिपेश थापाले जानकारी दिनुभयो ।

(Visited 12 times, 1 visits today)