मनकामनापोष्ट

Written by 4:42 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

सप्तरीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु



शुभ नारायण यादव
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ५ कुश्वाहा स्थित पुर्ब पश्चिृम राजमार्गमा सवारी दुर्धटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ३ ख ३१४९ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको प्रदेश २–०१–००१ प ०२९१ न.को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सिन्धुली दुधौली नगरपालिका वडा नं ७ बस्ने ४० बर्षिय कुमार बस्नेतको मृत्युु भएको हो । दुर्घटनामा गम्भीर घाइते बस्नेतको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधब प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार बस र मोटरसाईकल ईलाका प्रहरी कार्यालय कडरवोनाको नियन्त्रणमा लिएर आबश्यक कानुनी कार्यवाही अगाडी बढाएको बताए । साथै उक्त घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

(Visited 2 times, 1 visits today)

HTML tutorial