मनकामनापोष्ट

Written by 7:23 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, सुरक्षा/अपराध

अवैध सुनसहित दुईजनालाई पक्राउ



सिरहा,मंसिर १५ गते । सिरहा प्रहरीले अवैध सुनसहित दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानले चेकजाँचको क्रममा स. ८ प ६०७७ नम्वरको मोटरसाइकलमा सवार सप्तरी खडक नपा ११ का २५ वर्षिय तौहिद आलमको साथबाट ५० ग्राम सुन र सप्तरीकै बोदेवर्साइन नपा ६ का २५ वर्षिय मो. सामिम अख्तरको साथबाट नेपाली नगद ५४ हजार सहित नियन्त्रणमा लिएको हो ।
बरामद सुन र नगद सहित दुवैजनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुशन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

(Visited 9 times, 1 visits today)

HTML tutorial