मनकामनापोष्ट

Written by 5:51 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

ईजिआरपी कार्यक्रम अन्तर्गत सञ्चालित गृह बिधालयको गाउँपालिकाद्धारा अनुगमन



पर्सा, मंसिर १७ गते । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकाका १४ वटै सामुदायिक विद्यालयमा सञ्चालित प्रारम्भिक कक्षा पढाई ईजिआरपी कार्यक्रम अन्तर्गतको सञ्चालित गृह बिधालयको गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु उर्फ मोदीले अनुगमन गरेका छन ।

नेपाल सरकार र युएसएआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ईजिआरपी कार्यक्रम अन्तर्गत सञ्चालित गृह बिधालयको गाउँपालिका अध्यक्ष मोदीको नेतृत्वमा गाउँपालिकाका शिक्षा शाखा संयोजक कपिल लामिछाने, ईजिआरपीका पालिका प्रमुख मित्रदेव यादव लगायतको टोलीले बहुअर्वा भाठा मा.वि. अन्तर्गत सञ्चालित ३ वटै कलस्टरहरुको संयुक्त रूपमा अनुगमन गरेका छन् ।

ईजिआरपी कार्यक्रम अन्तर्गत सञ्चालित गृह विद्यालयले सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरुको शैक्षिक अवस्था सुधार पुगेको पाइएको गाउँपालिका अध्यक्ष मोदीले बताए । गाउँपालिकाभित्रका १४ वटै सामुदायिक विद्यालयमा ३ वटा कलस्टरको दरले ईजिआरपी कार्यक्रम सञ्चालित छ ।कार्यक्रम प्रभावकारी र उपलब्धीमुलक देखिएकाले यसलाई अँझै निरन्तरता दिनुपर्नेमा अध्यक्ष मोदीको जोड थियो ।

प्रत्येक कलस्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि किताब, कपी, सिसा कलम, ईरेजर लगायतका शैक्षिक सामाग्री पनि निःशूल्क व्यवस्थापन गरिएको हुँदा यसले विद्यार्थीलाई अध्ययनमा प्रेरित गरेको छ । कलस्टरमा अध्यापन गराउने शिक्षकहरुलाई समेत सिकाईलाई प्रभावकारी बनाउन ट्याबको समेत व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख कपिल लामिछानेले बताए ।

(Visited 1 times, 1 visits today)

HTML tutorial