मनकामनापोष्ट

Written by 4:36 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

भलुवाका अग्नि पिडित परिवारलाई राहत


शुभ नारायण यादव

सप्तरी,मंसिर १८ गते । धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा आगलागिबाट आहतलाई राहत वितरण गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.-१ भलुवा गाउको अग्निपीडित सत्य नारायण यादवको पत्नी कारी यादवलाई राहतस्वरुप त्रिपाल झुल तन्ना धोती साड़ी थाल गिलास कराही डेकची छोलनी लगायतका सामाग्रीहरु वितरण गरेकाे संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो । गत मङ्सिर १३ गते आगलागि हुदा अनुमानित २लाख भन्दा बढीको क्षति भएको थियाे ।
साे राहत वितरण कार्यक्रममा हनुमाननगर कङकालिनि नगरपालिका वडा न.-१ का वडा अध्यक्ष भिमराज मंडल,वडा सचिव अरुण कुमार यादव,ई प्रहरी कार्यालय भारदहको प्रहरी सहायक निरीक्षक गजेन्द्र नारायण यादव,वडा सदस्य प्रमोद कुमार यादव लगाया स्थानीय व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

(Visited 1 times, 1 visits today)

HTML tutorial