मनकामनापोष्ट

Written by 4:38 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

राजविराज जेसीजद्वारा एडभान्स योगा सिबिर संचालन



शुभ नारायण यादव

सप्तरी ,मंसिर १८ गते । राजविराज जेसीजले जेसीज सप्ताह २०२१ अन्तर्गत पाचौं दिन जेसिज भवनमा एडभान्स योगा शिबिर संचालन गरेको छ । विहान ५:३० बजे देखि ८:०० बजे सम्म आयोजना गरिएको साे शिबिरमा राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेड, कोषाध्यक्ष उज्ज्वल काबरा, कार्यकारी उपाध्यक्षद्वय मनिस दास र रन्जना चौधरी, उपाध्यक्षद्वय पंकज देव, रवि राय र खेलानन्द दास तथा थिम एडिटर सुनित मिश्रा को सहभागिता रहेको थियो भने प्रमुख अतिथिको रुपमा पतन्जली योग समिति प्रदेश २ का मन्त्री अमित कुमार साह र अतिथिहरु क्रमशः योग गुरु बद्रीराज भण्डारी, पतन्जली योग समिति सप्तरीका अध्यक्ष राम स्वरुप चौधरी लगायतको उपस्थिति रहेको थियो । यस्ता कार्यक्रमले स्वस्थ रह्न मद्दत मिल्ने अभिव्यक्ति जेसीज अध्यक्ष सिद्धार्थले राखेका थिए । योग गुरु बद्री भण्डारीले योग अभ्यास गराएका थिए ।

(Visited 4 times, 1 visits today)

HTML tutorial