मनकामनापोष्ट

Written by 11:07 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

सर्लाहीको मलंगवामा इलेक्ट्रोनिक पसलमा आगलागी ३५ लाख बराबरको क्षति


राजिव शाह
सर्लाही,मंसिर १९ गते ।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ९ बसपार्क स्थित जलाल अहमदको इलेक्ट्रिक होलसेल पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । आज विहान करिब साढे ४ बजेको समयमा ५० वर्षीय रामनाथ चौधरीले सञ्चालन गरेको पसलमा आगलागी भएको हो । आगलागी हुँदा पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ भने मानविय तथा चौपाया क्षति नभएको सर्लाही प्रहरीले जनाएको छ । आगो प्रहरी, स्थानिय र दमकलको सहयोगमा करिब साढे ५ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

(Visited 2 times, 1 visits today)

HTML tutorial