मनकामनापोष्ट

Written by 5:11 am Uncategorized

हाटखोलाको फुटवल प्रतियोगिता



सन्तोष गुप्ता
सुनसरी,मंसिर २० गते ।
हाटखोला फुटवल क्लवको आयोजनामा वराहक्षेत्र नगरपालिकाको वार्ड नं २ मा ‘प्रथम क्लव स्तरीय फुटवल प्रतियोगिता’ हुने भएको छ । आइतवार चतरामा पत्रकार सम्मेलन गर्दै आयोजकले मंसीर २३ गते वाट फुटवल शुरु हुने बताएको छ ।

प्रतियोगितामा नगरको ९ धरानको १ गरि १० टिम सहभागी छन् । खेल्ने टिमहरुमा चतरा फुटवल क्लव, पाञ्चायन फुटवल क्लव, राजावास युवा क्लव,वराह युथ क्लव तित्रीगाछी, ग्रिन कल्चर फुटवल क्लव चक्रघट्टी, आयोजक हाटखोला फुटवल क्लव रातो र निलो यसैगरी सप्तकोशी फुटवल क्लव देवीघाट,एभरेष्ट फुटवल क्लव नडाहा र पटनाली फुटवल क्लव धरान भएको, आयोजक हाटखोला फुटवल क्लवका अध्यक्ष विकास सुनुवारले बताए ।

प्रतियोगितामा प्रथम र दोश्रो पुरस्कार नगद ५१ हजार र ३१ हजार रुपैंया,प्रमाण पत्र,मेडल र ट्रफी रहेको छ । विद्यागत पुरस्कार तर्फ उत्कृष्ट खेलाडी लाई ५ हजार र सर्वाधिक गोलकर्ता, उत्कृष्ट कोच, गोलकीपर, मिड फिल्डर,रक्षापंक्ति खेलाडी र राइजिङ्ग प्लेयरलाई जनही ३ हजार दिईनेछ भने प्रत्येक दिनको खेलको म्यान अफ द म्याच खेलाडीलाई २ हजार रुपैंया प्रदान गरिने अध्यक्ष राईले बताए ।

८ लाख रुपैंया बजेट रहेको फुटवल खेल, २ नं वडा स्थित वाह्विघे खेल मैदान दिउ“सो १ वजे वाट हुने प्रतियोगिताको उदघाटन खेल चतरा फुटवल क्लव र सप्तकोशी फुटवल क्लवका विच हुने छ । खेलको समापन पुष ३ गते हुने प्रतियोगिताको संयोजक रोशन श्रेष्ठले बताए ।

(Visited 6 times, 1 visits today)

HTML tutorial