मनकामनापोष्ट

Written by 10:55 am अर्थ/वाणिज्य, ताजा अपडेट, प्रदेश नं.१, राष्ट्रिय

बालचन खोरिया कृषि सहकारीमा प्रेम खड्का


सन्तोष गुप्ता
सुनसरी ।
वराहक्षेत्र नगरपालिकाको वार्ड नं २को ५ आरडी स्थित बालचन खोरिया कृषि सहकारी संस्थाको अध्यक्षमा प्रेम खड्का चुनिएका छन् । शुक्रवार सम्पन्न संस्थाको ८ औं वार्षिक साधारण सभाले, सहकारीको संचालन समितिमा खड्का सहित ९ जनालाई सर्व सम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा चुनु श्रेष्ठ रहेकी छिन् भने सदस्यहरुमा दुर्गा राई विजय पौड्याल, तोरण मगर, सृजना परियार,रक्षा बस्नेत ( पौड्याल),रेणु श्रेष्ठ र सुशिल भुजेल रहेको नवनिर्वाचित अध्यक्ष प्रेम खड्काले बताए ।

नव अध्यक्ष खड्काले, संस्थामा सदस्यलाई दिईने ऋण रकमको सावा र ब्याज दुवै समयमा नदिने प्रवृति बढेको हुदा, जसरी भएपनि पुराना बांकी सबै बक्यौता असुल गरिने भन्दै नदिए कानुनी कार्यवाहीमा समेत नहिच्काउ“ने बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष तुलसी पाण्डेले कार्य प्रगती र लेखा प्रतिवेदन प्रस्तुत गर्दै संथाले आर्थिक वर्ष २०७७÷७८मा २२ लाख ४२ हजार २ सय १८ रुपैंया निक्षेप बचत संकलन गरेको बताए । आ.व.मा संस्थाले २८ लाख ५२ हजामर ७ सय ७६ रुपैंया ऋण लगानीमा गरिएको छ भने १ लाख ९० हजार ७८ रुपैंया ६२ पैंसा बैंकमा मौजदात रहेको पाण्डेले जानकारी दिए ।
कार्यक्रममा संस्थाका दिवंगत संस्थापक अध्यक्ष गायत्री गौतम,पूर्व अध्यक्ष जय मंगल भट्टराई सदस्य पवित्रा मगरलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि सहकारी संस्थाको सुनसरी जिल्ला सचिव गंगा प्रसाद दाहाल,विशिष्ट अतिथिहरु जन्मभुमि र बसन्तऋतु कृषि सहकारीका अध्यक्षद्वय मनोज पौडेल र दुर्गादेवी बुढाथोकीले माला लगाएर प्रमाणपत्रले सम्मानीत गरेका थिए । तुलसी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन चुनु श्रेष्ठले गरेकी थिईन ।

(Visited 4 times, 1 visits today)

HTML tutorial