शुभ नारायण यादव
सप्तरी । एसएनभी नेपालको सहयोग एवं खडक नगरपालिकाको समन्वय तथा सबल नेपालद्वारा संचालित वास एसडीजी कार्यक्रम अन्तर्गत आज सप्तरीको खडक नगरपालिका वडा नं ११ बनौलीको स्वास्थ्य चौकिमा सबल नेपालद्वारा निर्माण गरीएको दुई कोठे प्रयोग मैत्री शौचालयको एक कार्यक्रम विच हस्तान्तरण गरीएको छ। खडक नगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षतामा भएको उक्त हस्तान्तरण समारोहका प्रमुख अतिथी खडक नगरपालिकाका नगर प्रमुख हेमायु हक रहनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथीकोरुपमा क्रमशः एसएनभी नेपालका राजु श्रेष्ठ, कृष्ण जिसी, क्बदब िल्भउब िका अध्यक्ष जुना गिरी, खडक नगरपालिकाका स्वास्थ्य संयोजक जयकान्त पंडित लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।उक्त स्वास्थय चौकी प्रमुख गजेन्द्र साह द्वारा स्वागत गरीएको उक्त समारोहमा जग्गादाता श्रीमती घुर्नी देवीलाई प्रमुख अतिथीद्वारा सम्मान गरीएको थियो भने अन्य अतिथीहरुलाई मायाको चिनो प्रदान गरीएको थियो । कुल ६ लाख ६१ हजारको लागतमा बनेको उक्त शौचालय सेफटी टया‘की, हातधुने व्यवस्था, सहित नुहाउने सुविधा रहेको उक्त शौचालय अपा‘गता मैत्री रहेको छ ।
स्वास्थ्य चौकिमा सबल नेपालद्वारा निर्माण गरीएको दुई कोठे प्रयोग मैत्री शौचालय हस्तान्तरण

(Visited 42 times, 1 visits today)