मनकामनापोष्ट

Written by 11:50 am ताजा अपडेट, मधेस प्रदेश, सुरक्षा/अपराध

सर्लाहीको गोडैता बाट नौ सय ट्याब्लेट (लागूऔषधि) सहित एक युवक पक्राउ



किसन साह
सर्लाही ।
प्रहरीले सोमबार साझ सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनी स्थित नेपाल–भारत सीमा नजिकैबाट प्रतिवन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । भारततर्फबाट प्रदेश नं. ०३–०२–०३१ प २७८१ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकलमा लागूऔषध नाइट्रोभेट ट्याब्लेट लिएर आउँदै गर्दा सर्लाहीकै रामनगर गाउँपालिका–५ बस्ने २९ वर्षका राजेश कुमार यादवलाई पक्राउ गरेको हो । उनको साथबाट नाइट्रोभेट ९०० वटा ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

HTML tutorial