मनकामनापोष्ट

Written by 2:51 pm ताजा अपडेट, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

असीम क्षेत्रीको “रोधिघरमा भेटम” हेर्नुहोस् (भिडियो सहित)



अजय मिश्र

कपिलवस्तु,पुस १ गते । लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले लोक संस्कृति झल्किने “रोधिघरमा भेटम” सार्वजनिक भएको छ । विशेष गरि यस गीत तथा भिडियोमा गाउँ समाजको यथार्थ चित्रण गरि रोधिघरमा गाईने शब्दहरुको प्रयोग गरिएको छ ।
गीतमा दर्जनौ एल्बममा मोडलिङ् गरिसक्नुभएका असिम क्षेत्री र संयौ एल्बममा मोडलिङ् गरिसक्नुभएकी चर्चित मोडल मालती घले नृत्य तथा अभिनय गर्नुभएको छ ।
आफुले मन पराएको मान्छेसंग रोधिघरमा भेटी नाचेर गाएर झल्को मेट्ने खालका शब्दहरुलाई गीतमा समावेश गरिएको छ । उक्त भिडियोमा नृत्य गरेका असिम क्षेत्री बहुचर्चित एल्बम बजाउ माया थपडि, दमिनि, रुन नपरोस्, मन प¥यो, सर्ट मुभि लगायतका थुप्रै एल्बमहरुमा अभिनय गरिसकेका छन् भने उहाँले अभिनय गरेका पञ्चे बाजा र झिमझिम परेली एल्बम छिट्टै बजारमा आउँदै छन् ।
सपना सापकोटाको निर्देशन, सुरेश भुर्तेल र सीता केसीको स्वर, रिजन बास्ताकोटिको लय, राजु गुरुङको कोरियोग्राफी, सुरेश भुर्तेलको संगीत रहेको उक्त गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ ।
https://youtu.be/xcLXMN3xl4s

(Visited 1 times, 1 visits today)

HTML tutorial