शुभ नारायण यादव
सप्तरी,पुस २ गते । विभिन्न निर्णयको प्रतिलिपी नदिएको भन्दै गाउपालिकाकि उपाध्यक्ष सुचिता कुमारि यादव सहितले लगाएको तालाबन्दी तथा धर्ना आज तेस्रो दिन पनि जारि रहेको छ । गाउपालिकाकि उपाध्यक्ष सुचिता कुमारि यादवको नेतृत्वमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशब झाको कार्यकक्षमा अनिचितकालिन तालाबन्दी गरि धर्नामा बसेका हुन । आर्थिक वर्ष २०७८÷०८९ को राजस्व परामर्श समितिको बेठकको निर्णयको प्रतिलिपी उपलब्ध गराउनुपर्ने , श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको निर्णय प्रतिलिपी उपलब्ध गराउनुपर्ने , बजेट तथा कार्यक्रम योजना तर्जुमा समितिको बेठकको निर्णय प्रतिलिपी उपलब्ध गराउनुपर्ने , गाउपालिकाबाट वडाहरुमा पठाएको बजेट सिलिङको पत्र र वडाहरुबाट प्राप्त भएको बजेट सिलिङको प्रतिलिपी उपलब्ध गराउनुपर्ने , आर्थिक वर्ष २०७८÷०७९ को गाउँ सभाको निर्णय सहितको प्रमाणित प्रतिलिपी उपलब्ध गराउनुपर्ने लगायतका मागहरु अघि सारि विगत तीन दिन देखि गाउपलिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरि आन्दोलनका उत्रेको गाउपालिकाकि उपाध्यक्ष यादवले बताइन । यसअघि पटक पटक सुचनाको हम सम्बन्धि विभिन्न निर्णयहरुको प्रतिलिपी माग गर्दा पनि गाउपलिकाका अध्यक्ष सतिश सिह तथा प्रमुख प्रशासकिय अधिकृत समेतले कुनै चासो नदेखाएको भन्दै आफु सहित केहि कार्यपालिकाका सदस्यहरु मिलेर तालाबन्दी गर्नुबा साथै धर्ना र आन्दोलन गर्न बाध्य भएको उपाध्यक्ष सुचिता कुमारी यादवको भनाइ रहेको छ । यता आफुहरुको जायज माग सम्बोधन नभए सम्म आफ्नो आन्दोलन जारि रहने उपाध्यक्षले जानकारी दिनुभयो ।
तिलाठि कोइलाडि गाउपलिकामा तालाबन्दी तथा धर्ना जारि

(Visited 12 times, 1 visits today)