मनकामनापोष्ट

Written by 8:04 am ताजा अपडेट, मनकामनापोष्ट स्पेसल

पश्चिम् नवलपरासीमा १ लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद


उर्मिला यादव सुनवल
कपिलवस्तु,पुष ७ गते ।
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले आज मंगलबार करिब १ लाख १० हजार ४ सय मुल्य बराबरको बिभिन्न मालसामान बरामद गरेको छ ।प्रहरीको अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको प्लाष्टिक बुलेट गन ९६ पिस र बिभिन्न किसिमका बच्चाको खेलौना ७२ पिस लगायतका सामान पाल्हिनन्दन गाँउपालिका वडा नम्बर २ भक्सिपुरबाट बरामद गरेको हो । उक्त मालसामान भारतबाट अवैध रुपमा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । बरामद भएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनु भयो ।

(Visited 1 times, 1 visits today)

HTML tutorial