मनकामनापोष्ट

Written by 10:33 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

राजविराज नगरपालिकामा लोसपाको वडा समिति



शुभ नारायण यादव
सप्तरी,पुस ११ गते ।
पछिल्लोपटक आउदे गरेको निर्वाचनलाई मध्यनजर गरि विभिन्न राजनितिक दलहरुले सदस्यता वितरण अभियानलाई तीव्रता दिएका छन । सोहि क्रममा लोकतान्त्रिक समाजवादी पार्टीले सप्तरीको विभिन्न स्थानमा वडा कमिटि विस्तार गरेका छन । लोकतान्त्रिक समाजबादी पार्टीका सदस्यता बितरण तथा पार्टी प्रवेश कार्यक्रम तहत सप्तरीको राजबिराज नगरपालिका बडा नं–१५ मा रामफल मंडलको अध्यक्षतामा वडा कमिटि गठन भएको छ।
उक्त कार्यक्रममा पार्टीका नेता जयप्रकाश ठाकुर ,शैलेश चौधरी,दिपेन्द्र चौधरी,श्रीमती लक्ष्मी रजक,महेन्द्र खंग,ललन झा,मागैन मंडल,स्व० नेता जशकरण मंडलको पत्नी राम कुमारी मंडल,ओम नारायण साह लगायतका स्थानीय नेता तथा जन समुदायको उपस्थिति रहेको थियो ।

(Visited 64 times, 1 visits today)

HTML tutorial