अमित ठाकुर
रौतहट,पौष १२ गते । रौतहटको गौर स्थित भूमि सुधार तथा मालपोत कार्यालयमा खुलेआम घुस लिने गरेको गुनासाहरु नौलो होइन । सेवाग्राहीको काम गरे बापत सम्वन्धित फाँटका कर्मचारीले गैरकानूनी रुपमा रकम लिने गरेको आरोप मालपोत कार्यालयले वर्षौंदेखि खेप्दै आएको छ । सेवाग्राहीहरुको अत्यधिक चाप रहने उक्त कार्यालयमा रजिष्ट्रेशन, नामसारी, अंशबण्डा लगायतका कामहरु गरे वापत सरकारी दस्तुर बाहेक सेवाग्राहिहरुले रकम बुझाउदै आएका छन् । मालपोत कार्यालय रौतहटमा पछिल्लो केही महिनादेखि सेवाग्राहीहरुलाई सहज तरीकाबाट कामकाज गर्ने उदेश्यले अनलाईन प्रणालीको शुभारम्भ गर्यो ,तर पनि सेवाग्राहीको काम बिना घुसको हुँदैन । एकातिर सेवाग्राहीहरुलाई सहज सेवा दिनका लागि शुभारम्भ गरिएको अनलाईन प्रणालीको नाउँमा सेवाग्राहीहरुलाई झन सेवा दिनमा ढिलाई गरी मालपोत कार्यालयका कर्मचारीहरुले मोटो रकम असुल्दै आईरहेका छन । मालपोत कार्यालयमा काम गर्ने बिचौलिया अर्थात लेखापढीहरुको सेटिङ्ग पहिला देखि नै मिलेका कारणले जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट आउने सेवाग्राहीहरुले अनलाईन प्रणालीको टोकन लिनका लागि फाईल लगाएको चार दिन पछि पनि काम हुँदैन । तर, मालपोत कार्यालयका बिचौलियाहरुले कर्मचारीलाई पैसा दिएर एक दिनमै सो टोकन लगाउने कार्य खुल्लेआम रुपमा भईरहेको छ । यस्तै मालपोत कार्यालयमा श्रेस्ता र मोठ फाँटमा समेत माथीबाट पैसा नबुझाए सम्म काम नहुने गरेको सेवाग्राहीको गुणासो छ । मालपोत कार्यालयमा झयालबाटै खुलेआम घुस लिने काम चलिरहदाँ पनि कार्बाही गर्ने निकाय कानमा तेल हालेर सुतेको सेवाग्राहीहरु गुणासो गरेका छन् । सो कार्यालयमा रहेका स्थानिय कर्मचारी नै घुसको सिन्डिकेटर रहेको र स्थानिय कर्मचारी सो कार्यालयबाट सरुवा नभए सम्म घुस लिने दिने काम बन्द नहुने स्थानियले बताएका छन् ।
स्थानीय कर्मचारीको कारण भुमि सुधार तथा मालपोत कार्यालयका सेवाग्राही पिडित, बिना घुस कामै नगर्ने

(Visited 27 times, 1 visits today)