मनकामनापोष्ट

Written by 11:09 am अर्थ/वाणिज्य, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

नेपाल लाइफ इन्स्योरेन्स लालवन्दी उपशाखाद्धारा मृतक परिवारलाई मुत्यु दाबी भुक्तानी



सर्लाही,पौष १२ गते ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लालवन्दी उपशाखाले जीवन बीमा गराएका स्व.राजन प्रसाद गुप्ताको परिवारलाई रु २ लाख ६५ हजार मुत्यु दाबी भुक्तानी गरेको छ ।
लालवन्दी नगरपालिका वडा नं.११ निवासी बिमित स्व.राजन प्रसाद गुप्ताकोे परिवारलाई २ लाख ६५ हजार हस्तान्तरण गरेको लालवन्दी उप–शाखाका नि.प्रमुख राजेश अधिकारीले बताए ।
उक्त मृत्यु दाबी रकम बीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रदेश नं.–२ का प्रमुख दशरथ झाले मृतकको आमा परमिला देवी साह कमलमापुरीलाई चेक प्रदान गरे हो । सो बिमा वापतको रकम परिवारले बुझेपछि मृतकको आमा परमिला देवी साह कमलमापुरीेले भने आफूहरुले बिमा वापतको रकम पाएको बताएकी छिन । आमा परमिला देवी साह कमलमापुरीले भने छोराको मृत्यूले दुखित भएता पनि परिवारका लागी सो बिमा रकमले सहयोग पुगेको बताए ।
छोराको मृत्यु भएपछि आफूलाई पिर लागेको बताए । तर बेलैमा बिमा गरेका कारण सो रकमले आफुहरुलाई परिवारमा आर्थिक रुपमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरे । बिमाको रकम बुझ्न गाह्रो हुन्छ भन्ने भ्रम मात्र रहेको र आफुले बिमा वापतको रकम तुरुन्त पाएको मृतकका आमा परमिला देवी साह कमलमापुरले बताए ।

(Visited 60 times, 1 visits today)

HTML tutorial