मनकामनापोष्ट

Written by 5:39 am Uncategorized

बनोलाका अग्निपिडित परिवारलाई समाजसेवि यादवले बाडे राहत



शुभ नारायण यादव
सप्तरी,पौष १३ गते ।
धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा आगलागिबाट आहतलाई राहत वितरण गरेको छ ।
सप्तरीको डाकनेश्वरी नगरपालिका वडा न।(१० बनौला रंजितपुर गाउका अग्निपीडितहरू दानवीर यादव,बलवीर यादव र बद्रीनारायण यादवको परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन । अग्निपिडित परिवारलाई राहत स्वरुप त्रिपाल, झुल ,तन्ना ,धोती, साड़ी ,थाल ,गिलास ,कराही ,डेकची र छोलनी लगायतका सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत पुस १० गते आगलागि हुदा अनुमानित ५ लाखभन्दा बढीको क्षति भएको थियो ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय पातोका प्रमुख प्रहरी नायब निरीक्षक अमिरी यादव, नेपाली कांग्रेस सप्तरीका प्रभावशाली नेता तथा महाअधिवेशन प्रतिनिधि भगवति यादव, पत्रकार द्वय महेंद्र सदा र श्याम सुन्दर यादव,,टेक नारायण यादव, मिस्री लाल यादव लगायतका स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।

(Visited 17 times, 1 visits today)

HTML tutorial