मनकामनापोष्ट

Written by 5:44 am मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज, स्थानीय

हेल्प मधेशी परीवारद्वारा मृतक परिवारलाई आर्थिक सहयोग



शुभ नारायण यादव
सप्तरी,पौष १३ गते।
हेल्प मधेशी परीवारद्वारा हेल्प मधेशी साउदी अरबका सदस्य स्व।शिवशंकर साफीका परीवारलाई आर्थिक सहयोग स्वरुप रु एक लाख सहयोग गरेको छ । सप्तरीको माहादेवा गाउँपालिका वाडा नं(२ माहादेवा गाउँका हेल्प मधेशी साउदीका सेवक स्व। शिवशंकर साफीलाई हेल्प मधेशी परीवारद्वारा श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै हेल्प मधेशी साउदी अरबद्वारा उहाँको परीवारजनलाई नगद १ लाख आर्थिक सहयोग गरेका हुन ।
उक्त कार्यक्रममा हेल्प मधेशी नेपालको केन्द्रिय अध्यक्ष राम उदगार यादव,हेल्प मधेशी कत्तार च्याप्टरका उपाध्यक्ष शिव कुमार महतो ,हेल्प मधेशी सप्तरीको अध्यक्ष रीना झा,कोषाध्यक्ष रामजि यादव , सदस्य समीर राइन ,हेल्प मधेशी कत्तारका सेवक रामजि यादव समाजसेवी ईन्जिनियर सैलेन्द्र यादव र बिनोद यादव लगायत गाउलेहरुको सहभागीता रहेको थियो।

(Visited 36 times, 1 visits today)

HTML tutorial