मनकामनापोष्ट

Written by 5:30 am Uncategorized

लासमाथि सम्पत्तिको लालच,सामाजले शव रोके


जीतेन्द्र कुमार राम
जनकपुरधाम,पौष १४ गते ।
जातिय विभेद रोक्न र जातपातमाथी छुवाछूत अन्त्यका लागि दलितले बर्षौदेखी दलित आन्दोलनलाइ सार्थकता दिदै आएको छ तर उहीँ दलित बिभेदको घेराले सिमान्तकृत भएका छन।

घटना छन धनुषाको एक पालिका सवैला नगरपालिकाको।पालिकाको वडा नं १२ रघुनाथपुर स्थित नहर टोलमा सोमबार दिउसैं आफ्नै घरमा मृत बुढी आईमाई रहेपनी समाजले भने निजको नाउमा रहेको जमिन समाजलाइ दिए मात्र अन्तिम संस्कार हुन दिने अडान राख्दै २४ घण्टा नै शवलाइ रोकेर राखेका हुन।

करिब १२ बर्ष पहिले स्थानिय अनुमानीत ६५ बर्षिय चन्देश्वर ठाकुरले उहीँ वडाकै अन्दाजी बर्ष ६० कि सुनैना दाससंग गैरसामाजिक तरिकाले बिहे गरे।ठाकुरको श्रीमती तथा दासकी श्रीमान बितेपछी दुबैजनाले छोराछोरी बुहारी समेतलाइ छाडी बिबाह गरे।पछि दासको पक्षबाट रहेको छोराछोरी,बुहारी,ज्वाइँ सवै आनजान गर्न थाले।

सोमबार निज दास बितेपछी समाजका ब्यक्तिहरुले गौरसामाजिक तरिकाले बिहे गरेको कारण जरिवाना स्वरुप निजका छोरी बुहारीलाइ अन्तिम संस्कार गर्न नदिइ समाजले नै सवै गर्ने तथा जातिय दलान नरहेको कारण दुबै जनाको नाउमा रहेको ५÷५ धुर घडेरी समाजलाइ दिनुपर्ने भन्दै शवलाइ रोकेर राखेको स्थानिय शंकर महराले बताउनुभयो।

रोकेर राखेको शवको अवस्था खराब हुन नदिन भनेर स्थानियले पत्रकार,प्रतिनिधि,सामाजिक अभियन्तालाइ गुहार गरे। घट्ना स्थल पुगेका हेल्प मधेसिका केन्द्रिय अध्यक्ष राम उदगार यादबले पहिला शवलाइ अन्तिम संस्कार गरि काजकिरियामा समाजिक रुपमा सवैजना बसि हेरबिचार गरि अघि बढ्न भने सल्लाह दिएका हुन।

मृतक दासकी पहिलो पक्षबाट छोराछोरी तथा ज्वाइँ र बुहारी समेत घट्ना स्थल पहिले नै पुगिसकेको अवस्थामा समाजले रोकेर राखेको शवलाई बुहारी सीता देवि दासले आफुहरुले दाह संस्कार गर्न तयार रहेको तथा दाह संस्कार गर्नमा समाजलाइ समेत सहयोगको आवस्यकता रहेको जनाउनुभयो।

घट्ना स्थलमा पुगेका पत्रकार जीतेन्द्र कुमार राम र दलित कार्यकर्ता मनोज पासवानले अन्तोग्त्व शवलाइ दाह संस्कार गर्नमा समाजले सहयोग गरिदिन भनी पहल र छलफल गर्दा २४ घण्टा पछि अन्तिम संस्कार गरिएको हो।

(Visited 159 times, 1 visits today)

HTML tutorial