मनकामनापोष्ट

Written by 7:33 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

सप्तरीको डाक्नेश्वरिमा सप्ताह व्यापि सरसफाइ कार्यक्रम



शुभ नारायण यादव
सप्तरी,पौष १८ गते ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.७ मा सप्ताह व्यापि सरसफाइ कार्यक्रम सन्चालन गरिएको छ । वडा कार्यालय तथा चौवटिया सामुदायिक विकास केन्द्र ब्रह्मपुरको समन्वय र उत्थान महिला समुहको आयोजनामा सात दिने बृहत सरसफाई अभियान संचालन पुरानो मा. वि. हतियामा गरिएको हो । आफ्नो गाउँ आफै बनाउ भन्ने मुल नाराका साथ सरसफाई अपनाबू, कोरोना भगाबू , सरसफाई हात मे, कोरोना भाइरस कातमे , जकर घरमे सरसफाई नै, औकर घरमे शादी नै,गहना जैवर रुप सिंगार, सरसफाई बिना सब बेकार र साकल टिभी मोटरकार, सरसफाई बिना सब बेकार भन्ने उदेश्यले उक्त सरसफाइ कार्यक्रम सन्चालन गरिएको सस्थाका अर्जुन कुमार यादवले जानकारी दिए । उक्त कार्यक्रममा डाक्नेश्वरि नगरपालिका वडा न.७ का वडाअध्यक्ष रामनारायण चौधरी
,वडासचिब रामसेवक मण्डल Ccdc का अध्यक्ष अर्जुन कुमार यादव प्रहरी चोकि गम्हरिया प्रवाहाका प्रहरी सहायक निरिक्षक लगायत महिला सयोम्सेविका अम्बिका मण्डल, शुभ कुमारी, सुनिता सरदार ,उत्थान अभियन्ता लोसपा नेता सत्रु्धन मण्डल, विदेश्वर मण्डल, कन्टलाल मण्डल, राजिब सरदार ,राजेन्द्र राम, रामचन्द्र साह लगायतकाहरुको उपस्थिति रहेको थियो । सरसफाइ कार्यक्रम अन्तरगत ब्रहम्पुर बजारको हनुमान मन्दिर देखि दक्षिण हुदै संचालित नयाँ श्री जनता रमेश्वर माविको प्राङ्गणमा समेत गरिने आयोजकले जनाएको छ ।

(Visited 3 times, 1 visits today)

HTML tutorial