मनकामनापोष्ट

Written by 9:53 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदा सवार तिनको मृत्यु



किसन साह
सर्लाही,पौष १८ गते ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न ३ मा मोटरसाइकल अनियन्त्रन भइ दुर्घटना हुँदा उक्त मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका १० का २२ वर्षीय अरुण सिंह सोही स्थानका २० वर्षीय श्रगम विक र २२ वर्षीय रोहन सिंह रहेको जिल्ला प्रहरी कार्यलय मलङ्वा सर्लाहीले जानकारी दिएको छ। रातीको समयमा बा १९ प ७१९७ नम्बरको मोटरसाइकलमा सवार सागरनाथ जङ्गल भएर दक्षिणतर्फ बयलबास आउँदै गर्दा अनियन्त्रित भइ रुखमा ठोक्किएर दुर्घटना भएको र उनीहरु मोटरसाइकलसहित १० मिटर तल खाल्डोमा खसेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधबप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।

(Visited 10 times, 1 visits today)

HTML tutorial