मनकामनापोष्ट

Written by 5:20 am ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

जनमतका कार्यकर्ताद्वारा मिर्चैयामा ट्रकमा आगजानी


सिरहा,पौष १९ गते । जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिक एक मालबाहक ट्रकमा आगजानी गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पुर्याएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ५ ख १००९ नम्वरको ट्रकमा आगजानी गरेको हो ।क्ष्ःन्)द्धघढड
समूहमा आएका जनमतका कार्यकर्ताले ट्रकमा जथाभावी ढुङ्गामुढा गरेको गाडी धनिसमेत रहेका चालक विजय साहले बताए । उनका अनुसार ढुङ्गाले चोट लागेपछि आफूले आत्तिएर गाडी रोक्ने वित्तिकै उनीहरुले ट्रकमा पेट्रोल छरेर आगजानी गरेको बताए । घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भईरहेको जनाएको छ । आगो प्रहरीको सहयोगले नियन्त्रणमा लिएपनि ट्रक पूर्णरुपले जलेको बताइएको छ ।
मिथिला नपा ९ धनुषाका साहले पाँच कठ्ठा बैंकमा धितो राखेर दुई वर्ष अगाडी ट्रक किनेको बताए । उनले ऋण समेत सधाउन नसकि गाढी जलेपछि उनी चिन्तित बनेका छन् । जनमतका कार्यकर्ताहरु छापामार शैलिमा सडकमा आई गाडी तोडफोड र आजगानी गरिरहेका छन् । जसको आलोचना हुन थालेको छ ।
पार्टीले किसान आन्दोलनको नाममा पुस १५ गतेबाट अनिश्चित कालिन तराई मधेसको दिवाकालिन सडक जामको आव्हान गरेको छ ।

(Visited 119 times, 1 visits today)

HTML tutorial