मनकामनापोष्ट

Written by 5:32 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राजनीति, समाज

गोलबजारमा महिलाहरुले पाए थाकलको सामाग्री बनाउने तालिम


सिरहा,पौष १९ गते । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले शिप सिकेका वा तालिम लिएका महिलाहरुले शिपलाई व्यवसायीकरण गर्न चाहे आफ्नोतर्फबाट सवैखालको सहयोग गर्ने जनाएका छन् । सिरहाको गोलबजार नपा ११ बलकावामा महिला तथा बालबालिका मन्त्रालयद्वारा सञ्चालित ‘थाकलको हस्तकला निर्माण’ सम्वन्धि एक महिने शिप मुलक तालिमको समापन गर्दै प्रमुख साहले शिपलाई व्यवसायीकरण गर्न सामूहिक रुपमा आए नगर तथा व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उनले शिप सिकेपनि व्यवहारमा नल्याउने समस्या धेरै रहेको भन्दै थाकलका सामाग्रीको बजार व्यवस्थापनको जिम्मा लिएकाले समस्या नहुने बताए । मेयर साहले भने, ‘तपाईहरुले उत्पादन गरेको सामाग्रि खरिद गर्ने संस्थापनि तयार भएको छ, तपाईहरु मज्जाले बनाउनुस् र आयआर्जन गर्नुस् ।’सोही क्रममा नगर उपप्रमुख रेशम कुमारी थापाले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन तालिमले सहयोग पुग्ने बताए । उनले तालिम पाएका महिलाहरुलाई आफ्नो शिप र क्षमताको वृद्धिगर्दै आयआर्जन गर्न अनुरोध गरे । घरधन्दा सकेर निरन्तर रुपले आफ्नो काममा ध्यान दिए आम्दानी बढ्ने र यसले जिवन यापन सहज हुने जनाए ।
कार्यक्रममा मन्त्रालयका प्रतिनिधी, वडा अध्यक्ष, वडाप्रतिनिधी लगाएतको उपस्थिति रहेका थिए ।मन्त्रालयले देशको सातै प्रदेशको एक–एक ठाउँमा नमुन्ना ग्राम कार्यक्रम विपन्न तथा गरिव दलित महिलाहरुलाई आयआर्जन बढाउने उदेश्यले तालिमको आयोजना गरेको हो । तालिममा यहाँका २० जना महिलाहरु सहभागी रहेका थिए ।
तालिममा महिलाहरुले थाकलको करबाट टोपी, झोला, माना जस्ता सामाग्रि निर्माण गर्न सिकेको जनाए ।शिप सिकेका सहभागीहरुले बनाएको सम्पूर्ण सामाग्री ओम राज श्री मल्टी एग्रो प्रा.लि. ले खरिद गर्ने जिम्मा लिएको अध्यक्ष युवराज गैरेले जनाए । उनले उहाँहरुले बनाएको सामाग्रीको क्वालिटी, साइज अनुसार राम्रो मूल्य दिने बताए ।

(Visited 5 times, 1 visits today)

HTML tutorial