मनकामनापोष्ट

Written by 7:11 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

जनप्रतिनिधिको लापरवाहिःवडा कार्यालयमा ताल्चा,वडा सचिब मलामिमा


जीतेन्द्र कुमार राम
जनकपुरधाम,पौष १९ गते ।
मधेश आन्दोलन पश्चात् संघियता आएपनि,गाउगाउमा सिंहदरबार आएपनी नेपाली जनताले संघियताको लाभ पाउन कठिन भयो।

केन्द्र सरकारबाट स्थानिय सरकार गठन भयो,गाउगाउमा सिंहदरबार बनाइयो तर पनि जनतालाइ संघियता पुर्वको जस्तो नत लाभ नत केही उपलब्धि नै भयो बरु लाभको सट्टा झन ठगिए नै।यस्तैमा धनुषाको एक स्थानिय तहको एक वडामा दिउसै वडा कार्यालयको ढोकामा ताल्चा झुन्डिएको पाइयो।समय दिनको साढे दुई बजे पत्रकार छ्डके अनुगमनमा पुग्दा कोहि प्रतिनिधिको उपस्तिथि देखिएन।

जानकारी गर्दा वडाध्यक्ष बाहिर रहेको ,वडा सचिब मलामिमा गएको तथा कार्यालय सहयोगी अफिस पुगेर हस्ताक्षर गरि घर गइसकेको जानकारी प्राप्त भयो।जानकारी अनुसार,कार्यालय सहयोगीले घरबाटै सवै कार्य गरिरहेको अफिस परिसरमा काठको कार्य गरिरहेको एक स्थानियले बताए।

जानकारीकै आधारमा त्यही वाडका एक युवासंग प्रत्यक्ष कुराकानिको आधारमा वडा कार्यालयमा सेवाग्राही नआएकै कारण अफिस बन्द नै रह्दै गरेको तथा सवै काम घरबाटै गरिरहेको पाइयो।
सवैला नगरपालिका वडा नं ७ मा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष रामदेब सहनी,वडा सचिब सतिष साह तथा कार्यालय सहयोगी सत्यनारायण सहनी रहेका छन।

(Visited 4 times, 1 visits today)

HTML tutorial