मनकामनापोष्ट

Written by 4:54 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

चिसोमा राहत पाएपछि सप्तरीका अग्निपिडित खुशि शुभ नारायण यादव



सप्तरी । धर्मी हल्फा महिला विकास क्लवले सप्तरीका अग्नि पिडित परिवारलाई चिसोमा राहत वितरण गरेपछि खुशि भएका छन ।
सप्तरीको तिरहुत गाउपालिका वडा न.–३ पिपराही टोलका अग्निपीडित हेम नारायण साफी रजककों परिवार लाई चिसोमा क्लवले राहत वितरण गरेपछि ती परिवार खुशि भएका हुन । क्लवले राहतस्वरुप त्रिपाल ,झुल ,तन्ना ,धोती ,साड़ी, थाल, गिलास, कराही ,डेकची ,छोलनी ,बाल्टिन र जग लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो । गत पुस १४ गते आगलागि हुदा अनुमानित दश लाख भन्दा बढीको क्षति भएको थियो। सो राहत वितरण कार्यक्रममा तिरहुत गाउपालिकाको अध्यक्ष हेमन्त बहडखैर(मनोज ),वडा नं.–३ का वडाअध्यक्ष भोगान्द महात्मान यादव,वडा नं–४ का वडाअध्यक्ष मनोज कुमार यादव, प्रहरी चोकी डिमनकÞो प्रहरी सहायक निरीक्षक लक्ष्मी राउत, आदिवासी जनजाति महासंघ सप्तरीको अध्यक्ष एवम् संचारकर्मी बृजमान तामांग, नेपाल विद्यार्थी संघ सप्तरीको नेता जय प्रकाश यादव लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

(Visited 1 times, 1 visits today)

HTML tutorial