मनकामनापोष्ट

Written by 5:00 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, स्थानीय समाचार

अनेरास्ववियुले निकाले लागुऔषध विरुद्ध गोलबजारमा पैदर्शन


सिरहा । अनेरास्ववियु लागुऔषध बिरुद्ध सिरहाको गोलबजारमा र्यालि तथा कोणसभा गरेको छ । लागुऔषधको कुलतमा दिनदिनै युवापुस्ता फस्दै जानु र त्यसका कारण चोरी ,डकैती, लुटपाट ,हत्या, बल्तकार जस्ता घटनाको वृद्धि भएको भन्दै यसको विरुद्धमा विद्यार्थीहरुले र्यालि निकालेको हो ।
संगठनका केन्द्रिय सचिवालय सदस्य सुरेश यादबले दिन प्रतिदिन बढिरहेको दुर्वेशण नियन्त्रण गर्न युवा, विद्यार्थी, व्यवसायी सवैको साथ सहयोगको जरुरी रहेको बताए । उनले लागुऔषध नियन्त्रण गर्ने प्रहरी प्रशासनको मुख्य जिम्मेवारी भएपनि यसलाई निर्मुलगर्न हामी सवैको दायित्व रहेको बताए ।
विद्यार्थीहरुले भ्रष्टाचार, अनियमितता नियन्त्रण गर, अपराध नियन्त्रण गर, लागुऔषधि नियन्त्रण गर, सभ्य समाज निर्माण गर, विद्यार्थी एकता जिन्दाबाद जस्ता नारा लगायर बजार परिक्रमा गरेका थिए ।
लागुऔषध बिरुद्ध र्यालिमा अनेरास्ववियु रामप्रसाद राम्प्रताप तामाङ जन्ता बहुमुखी क्याम्प्स गोलबजार इकाइका विद्यार्थीहरुको सहभागी रहेको थियो ।

(Visited 4 times, 1 visits today)

HTML tutorial