मनकामनापोष्ट

Written by 5:01 am अन्तर्राष्ट्रिय, ताजा अपडेट, स्वास्थ्य/कोरोना भाइरस

अमेरिकामा एकै दिन १० लाख ८० हजार कोभिड संक्रमित


न्युयोर्क। अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन् । सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ ।

युनिभर्सिटीका अनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ । संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यलय पहिलाजस्तै सञ्चालनमा छन् । पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या भने केही बढेको छ ।

(Visited 1 times, 1 visits today)

HTML tutorial