मनकामनापोष्ट

Written by 4:38 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

सप्तरीमा भएको सवारी दुर्घटनामा प्रदेश २ की मन्त्रीसहित छ जना घाइते


शुभ नारायण यादव
सप्तरी ,२१ पुस । सप्तरीमा भएको सवारि दुर्घटनामा प्रदेश न.२ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सहित छ जना घाइते भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.– १ जोलहनिया पुलनजिकै उनी सवार ज१ झ ४०६ नम्बरको गाडी पल्टिएको हो। उक्त गाडीमा मन्त्रीसहित छ जना सवार थिए।
जिल्लाकाे छिन्नमस्ता गाउँपालिकाकै वडा न.१ बरही वीरपुर जाने क्रममा गाडी पल्टिएको कर्णका स्वकीय सचिव ध्रुवकुमार मण्डलले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मन्त्री कर्णको छाती र हातमा चोट लागेको छ। उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको छ। त्यसैगरी साे दुर्घटनामा परि स्वकीय सचिव मण्डलको पनि हातमा चोट लागेको छ भने गाडीमा सवार जयप्रकाश चौधरी र प्रथम राम लगायत पनि समान्य घाइते भएका छन्।

(Visited 4 times, 1 visits today)

HTML tutorial