मनकामनापोष्ट

११ माघ ११, मंगलबार

Written by 3:11 pm ताजा अपडेट, प्रदेश नं.२, राजनीति, राष्ट्रिय, समाज

सप्तरीमा अबेध लागू ओषध सहित दुई युवक पक्राउ


शुभ नारायण यादव
सप्तरी,पौष २३ गते ।
प्रहरीले सप्तरीमा अबेध लागुऔषध सहित दुई जना युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउपालिका वडा न.–४ का २३ वर्षीय श्याम कुमार यादव र तिलाठी कोईलाडी गाउपालिका वडा न.–८ का २० वर्षीय प्रमानन्द महतो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । प्रहरीले दुवैजनालाई सप्तरीको राजगढ गाउपालिका वडा न.–६ स्थित बनैनिया बरदाही जाने भित्री सडक खण्डमा साइकलमा सवार भइ भारतबाट नेपाल तर्फ आउँदै गरेका युवकलाई शंकाको आधारमा चेकजाँच गर्दा लागुऔषध बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीले दुवैजनाको साथबाट एसपीएम प्रोक्सिभन लेखिएको ४०८ थान क्याप्सुल, नाइट्रोभेट ४ थान र डाइलेक्स डिसी चारवटा बोतल बरामद गरिएको हो । यता दुवैजनामाथि लागु औषध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

(Visited 5 times, 1 visits today)