मनकामनापोष्ट

Written by 10:33 am अन्तर्राष्ट्रिय, ताजा अपडेट, स्वास्थ्य/कोरोना भाइरस

कतारमा कोरोनाको तेस्रो लहर सुरु भए संगै प्रतिबन्ध लागु



राजिव शाह
दोहा,पौष २५ गते ।
श्रमिक मुलुक कतारमा कोरोना भाइरस उच्च देखिए पछि स्वास्थ्य मन्त्रालयले नियम कडाइका प्रतिबन्ध सुरु गरेको छ ।
कतार दैनिक ३÷४ हजार कोरोना भाइरस संक्रमण देखिन थाले पछि शनिबार पुन प्रतिबन्ध सुरु गरिएको हो ।
कतार स्थित नेपाल दूतावासले समेत कतार सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न कतार स्थित रहेका आप्रवासी सबैमा अनुरोध गरेको छ ।
गत बिहीबार बैठकले शनिबार देखि अनिवार्य मास्कको प्रयोग,एहतराज एप, कम्तीमा १ मिटरको दुरी कायम र निजी सवारीसाधनमा ४ जना भन्दा बढी बस्न नपाउने गरी निर्णय भएको छ ।
एक मिटरको दुरीमा शुक्रबारको नमाज प्रथना गर्न पाइने १२ बर्ष मुनिका बालबालिकालाई प्रवेश नदिइने जनाइएको छ ।
खुल्ला स्थानमा भएको विवाह हलमा ८० र बन्द हल भित्र ४० जना सम्मले पार्टी गर्न पाइने तर सबैले खोप लगाएको हुनुपर्ने छ । कतारमा अहिले सुपर मार्केट,महजिद,मैट्रो यातायात सार्वजनिक स्थानमा आवतजावत गर्नेलाई एहतराज एप महत्वपूर्ण भएको देखिन्छ । जुन एपले पुर्ण भ्याक्सिन लिएको देखाउनु पर्छ । द पेनिनसुला न्युजका अनुसार ८ जनवरी २०२२ मा
जनस्वास्थ्य मन्त्रालयले ३४८७ कोरोनाभाइरसका घटनाहरू रिपोर्ट गरेको छ। लोकल केस २ हजार ७९४ र बाहिरबाट आएका यात्रुहरु ६९३
गरी ३ हजार ४७८ संक्रमित थपिएको छ । हाल सम्म
सक्रिय संख्या १८ हजार ७९१ रहेको छ ।
कतारमा हालसम्म कुल कोभिड–१९ सङ्क्रमितको सङ्ख्याः २ लाख ६६हजार ९६२ छ ।
पछिल्लो २४ घण्टामा निको भएका संक्रमितको संख्या ४ सय ११ र हाल सम्म निको भएका कुल संख्याः २ लाख ४७ हजार ५५३ छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्याः ० अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ः ६१८ Covid–19 परीक्षण पछिल्लो २४ घण्टामा पहिलो पटक परीक्षण गरिएका व्यक्तिहरूको संख्याः ६ हजार ७५०
पछिल्लो २४ घण्टामा परीक्षणको कुल संख्याः ३६ हजार २३८ र अहिलेसम्म परीक्षण गरिएका व्यक्तिहरूको कुल संख्याः ३२ लाख २३ हजार ८७७ रहेको छ । ICU मा Covid–19 बिरामीहरूको कुल संख्याः ४८ जना रहेका छन् ।
अस्पतालमा Covid–19 बिरामीहरूको कुल संख्याः ५ सय ३२ जना छन् । खोप अभियान सुरु भएदेखि हालसम्म कुल कोभिड–१९ खोपको खुराकको सङ्ख्याः ५२ लाख ७५ हजर ६५९ लिएका छन् ।

(Visited 24 times, 1 visits today)

HTML tutorial