मनकामनापोष्ट

११ माघ ११, मंगलबार

Written by 2:16 pm ताजा अपडेट, प्रदेश नं.२, राष्ट्रिय, समाज

सर्लाही जिल्लाका सीडीओ र एसपीलाई कोरोना सं‌क्रमण


किसन साह

सर्लाही,पौष २७ गते । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईं दुबैजनामा एकैसाथ कोरोना संक्रमण पुष्टि भएको छ। प्रमुख जिल्ला अधिकारी गौतममा सामान्य रुघाखोकी लागेपछि आइतबार स्वाब संकलन गरिएको थियो । परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ आएको हो।
प्रमुख जिल्ला अधिकारीलाई समान्य खोकीबाहेक अन्य लक्षण देखिएको छैन। यस्तै प्रमुख जिल्ला अधिकारीसहित प्रहरी उपरीक्षक प्रसाईं, जिल्ला प्रशासनका एकजना कर्मचारी, जिल्ला आपतकालिन संचालक केन्द्र एकजना प्रहरी हवल्दार र प्रहरी उपरीक्षकका गार्ड समेत ५ जनालाई स्वाब संकलन गराएका थिए । जसमा एकजना बाहेक चारजनामा कोरोना संक्रमण देखिएको हो।
संक्रमण देखिएपछि सबैजना अहिले सरकारी निवासमै एकान्तबासमा बसेका छन् । संक्रमित सबैको अवस्था समान्य रहेको छ । सीडीओ र एक कर्मचारीलाई संक्रमण देखिएपछि मगंलबार जिल्ला प्रशासनका सबै कर्मचारीको स्वाब संकल गरि जाचको लागि पठाइएको छ ।

(Visited 8 times, 1 visits today)