मनकामनापोष्ट

Written by 3:27 pm ताजा अपडेट, प्रदेश नं.१, राष्ट्रिय, स्वास्थ्य/कोरोना भाइरस

सुनसरी प्रशासनको आदेश अटेर गर्दै : बर्जु महोत्सव जारी



जुगेश दास
सुनसरी / कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि दिन प्रती दिन बढदै गइरहेकोे बेला सुनसरीको बर्जु गाउँ पालिका चिमडिमा बर्जु महोत्सवको नाममा जिल्ला प्रशासन कार्यालय सुनसरीले महोत्सव बन्द गर्ने आदेश दिदा समेत अटेर गरी
बर्जु महोत्सव जारी रहेको छ ।

पुस २३ गते बाट सुरु भएको बर्जु महोत्सव माघ ४ गते सम्म हुने भएको छ ।

बर्जु गाउँ पालिका ६ चिमडी स्थित रहेको बर्जु तालको खेल मैदानमा बर्जु महोत्सवको नाममा सर्वसाधारणको दिन प्रती दिन भिड भाड बढदै गइ रहेको तथा जोखिम निम्तयाउदै गरेका छन।

पुस २४ गतेदेखी संचालनमा आएको बर्जु महोत्सवमा रमाइलो मेला सहित साँस्कृतिक साँझ समेत आयोजना हुने गरेको छ । तेस्रो कोरोना भाईरस ओमिक्रोनको लहर सुनसरीमा समेत बढ्दो देखा पर्दा समेत सुनसरी प्रशासनको आँखा पुगेको छैन् ।

रमाइलो मेलामा समेत धेरै भीडभाड भएको र सांस्कृतिक साँझ समेतमा दर्शकहरुको भीड रहेपनि ते्रसो बर्जु महोत्सवमा भारतीय कलाकारहरुलाई निम्त्याएको छ ।

नेपाल सरकारले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने घोषणा गरेसँगै २५ देखी ५० जनासम्म भेला हुने निर्णय गरेपनि बर्जु महोत्सवमा हजारौंको भीड रहेपनि कसैको आँखा नपुगेको स्थानीयहरुको गुनासो रहेको छ ।

कोरोना महामारी बढेसँगै सरकारले सार्वजनिक स्थलमा धेरै व्यक्तिहरुको भेला हुनमा रोक लगाएपनि बर्जु महोत्सवले सरकारको नियमलाई उल्लघन गर्दैै धज्जी उडाएको पाइएको छ ।
यता सोही बीसयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुम संग बुझदा जिल्ला प्रशासन कार्यालय सुनसरीले महोत्सव बन्द गर्न आदेश दिदा समेत बन्द नहुनुको केकारण हो भन्दै बुझदा आज देखी महोत्सव चल्न नदिएको र भोलि पनि चल्न नदिने खजुमले बताए ।

(Visited 9 times, 1 visits today)

HTML tutorial