मनकामनापोष्ट

Written by 8:04 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सड़क,शिक्षा ,स्वास्थ्य क्षेत्र लाई विकसित बनाउदै जानेः नगर प्रमुख शाह



कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले नगरपालिका भित्र संचालित तथा कार्यसमपन्न भैसकेका योजनाको अनुगमन गर्नुभयो । कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बरईपुर र भगवानपुर जोड्ने चरङहवा खोलामा निर्माणाधीन पुल, कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ मा निर्माणाधीन अस्पताल तथा सोही वडा को हृदयनगर मा रहेको श्री राष्ट्रीय आधारभूत विद्यालय को निर्माणाधीन भवन लगायत सोही गाँउमा कार्यसमपन्न भैसकेको डिप बोरिंगको अनुगमन गर्नुभयो ।
उक्त योजनाहरू नगरपालिकाको पहल तथा केहि योजना मा नगरपालिकाको लगानी रहेको तथा प्रदेश स्तरीय योजना र जिल्ला समान्वय समितिको लगानी का योजना हरू रहेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिएका छन् ।

कृष्णनगर नगरपालिकाको भदुई, मानपुर, जोशिडिहवा, बरईपुर, भगवानपुर, हृदयनगर, हरिगवा, शिवभारी लगायतका गाँउ पछडिएका ले बाटोघाटो, शिक्षा , स्वास्थ्य लगायत अन्य क्षेत्रमा आफूले सुविधा सम्पन्न बनाउदै जाने बताउदै नगरभित्र आफूले पहल गरेर आउने समयमा विभिन्न योजनाहरू प्रदेश र संघिय सरकार बाट ल्याउने तथा नगर को बजेटबाट हुन सक्ने विकास गर्न आफू सधै लागिरहने बताउनुभयोि

(Visited 10 times, 1 visits today)

HTML tutorial