मनकामनापोष्ट

Written by 10:07 am ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

स्व. गजेन्द्रनारायण सिहको पुण्यतिथिमा बिबिध कार्यक्रम



शुभ नारायण यादवल
सप्तरी,माघ ११ गते ।
मधेसका मसिहा स्व.गजेन्द्र नारायण सिंहको २०औ पुन्यतिथीको अवसरमा सप्तरीमा बिबिध कार्यक्रम गरि मनाइएको छ । सोहि अबसरमा गजेन्द्र नारायण सिंह अध्यन केन्द्र सप्तरीको आयोजनामा स्व. सिहको शालिकमा माल्यापर्ण ,प्रभात फेरि तथा अस्पतालका बिरामिहरुलाइ फलफुल वितरण गरि मनाइएको हो । गजेन्द्रनारायण सिंह अध्ययन केन्द्र सप्तरीका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षता तथा बरिस्ठ राजनीतिकर्मि जयप्रकाश ठाकुरको प्रमुख अतिथि एव शेलेश चोधरिको बिशिस्ट अतिथीमा आयोजित कार्यक्रममा बिनोद सिंह ,सुनिल झा ,दिपेन्द्र चौधरी ,बिनोद यादव ,महिला नेत्री पुनम यादव ,राजविराज नगरपालिकाकि उपप्रमुख साधना झा ,लक्ष्मी साफी लगायत लोसपा नेपालका विभिन्न तहतपका नेता कार्यकर्ताको उपस्थितिमा मधेस प्रदेश नामाङ्कन र गजेन्द्रनारायण सिंह विषयक समवन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सिंहको २०औ पुन्यतिथीको अवसरमा गजेन्द्रबाबुको सालिकमा फुलमाला अर्पण तथा गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा बिरामीहरुलाई फलफूल बितरण गरि मनाइएको समन्वय समितिका प्रमुख प्रभाकर यादव मनोजले जानकारी दिनुभयो ।

(Visited 13 times, 1 visits today)

HTML tutorial