शुभ नारायण यादव
सप्तरी,माघ १६ गते । सप्तरीको राजविराज नगरपालिका वडा न.१६ बोरियामा बिकास निर्माणकार्यमा ब्यापक अनियमितता भएको भन्दै स्थानीयबासिहरुले आन्दोलन गर्नका लागि सङ्घषृ समिति गठन गरेको छ । राजविराज नगरपालिका वडा न.१६ बोरियाको बिकास निर्माण सम्बन्धि बृहत् सर्वपक्षीय भेलाबाट राम लखन यादवको अध्यक्षतामा २१ सदस्यीय सङ्घषृ समिति गठन गरेका हुन । गठित समितिका सदस्यहरुमा सरोज देव , उमेश कुमार यादव , शेलेन्द दास , नवीन झा , शम्भु यादव ,रबि दास , मिथिलेश यादव ,सत्यनारायण मण्डल ,परमेश यादव ,सुधिर यादव ,बिपिन यादव ,सन्तोष देव , राज कुमार यादव ,जिबछ मण्डल लगायत रहेका छन । सो बृहत् छलफलमा सहभागीहरुले वडाको विकास निर्माण कार्यमा व्यापक अनियमितता भएको तथा उपभोक्ता समिति समेत गोप्य रुपमा तथा वडाअध्यक्ष गुजाइ दासले आफ्ना नाता गोताका ब्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरिएको आरोप स्थानीयबासिहरुले लगाएका छन । त्यस्तै बडामा भइरहेको बिकास निर्माण कार्य पारदर्शि हुनुपर्ने तथा बिकास निर्माण भएको आर्थिक अनियमितता बिरुद्ध सङ्घषृ समिति गठन गरि बिकास निर्माणका लागि वडा कार्यालयमा तालाबन्दि गर्नुका साथै कडा आन्दोलन गर्ने चेतावनि समेत अध्यक्ष राम लखन यादवले दिएका छन ।
बिकास निर्माणका लागि आन्दोलन गर्न सङ्घषृ समिति गठन

(Visited 42 times, 1 visits today)