मनकामनापोष्ट

Written by 10:45 am ताजा अपडेट, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

भारतले निर्माण गर्ने सडकमा ह्युमपाइप,कल्भर्ट बनाउने सहमति


नवलपरासी। भारतले नवलपरासीको सीमामा बनाइरहेको समानान्तर सडकले पानीको प्रकृतिक बहाव थुनिन गइ नेपाली भूभाग डुबानमा पर्ने र कृषि उत्पादनमा ठुलो क्षति नेपालीले व्याहोर्नुपर्ने समस्या देखा परेको प्रति स्थानीय प्रशासनले संवाद शुरू गरेको छ ।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भारतीय समकक्षी अधिकारी अर्थात उत्तर प्रदेश महराजगञ्ज जिल्लाका जिल्लाधिकारीसित (डिएम) निरन्तरमा संवादमा रहेको बताएका छन् ।

सीमाको दशगजादेखि १० देखि २० मीटर मात्रको दूरी राखेर भारतले बनाइरहेको ३० मीटर चौडाइको सडकले पानीको प्राकृतिक बहाव थुनिने संकट उत्पन्न हुने कारण देखाउदै स्थानीय जनताले विरोध गर्न थालेपछि स्थानीय प्रशासनले स्थलगत निरिक्षण समेत गरेर द्विपक्षीय छलफल गरिएको बताएको छ ।
भारतीय सडक विभागका अधिकारी र नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्र सहितको संयुक्त निगरानी गरिएर पानीको निकास बनाउनु पर्ने सहमति भएको छ । यसका लागि सडकमा हरेक ५०० मीटरमा कल्भर्ट बनाउने, आवश्यक रहेको स्थानमा ह्युम पाइप जडान गर्नुपर्ने र पानीको अधिक मात्राको बहाव रहेको स्थानमा पुल बनाउने कार्य एक हप्तामा शुरू गरिने सहमति भएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

उनले भारतीय अधिकारीहरूसंगको भेटमा नेपाली किसानले उठाएको समस्या जायज रहेकोले पानीको बहाव रोकिनु हुन्न भन्ने आफुले माग राखेको र भारतीय अधिकारीहरूले यसको समाधान गरिने बताएको जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी मिश्र ले यसका साथै नेपालको ताल्लुक मन्त्रालयमा समेत यसको जानकारी गराएको बताए ।
प्रमुख जिल्ला अधिकारी मिश्र ले भने, यसको पुर्ण समााधान स्थानीय स्तरबाट खोजिनुको साथै नेपाल सरकारले कुटनीतिक पहल गरी समाधान सहज हुने विश्वास व्यक्त गरे ।

(Visited 19 times, 1 visits today)

HTML tutorial