मनकामनापोष्ट

Written by 7:26 am ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

मजदुरहरुको क्षमता विकास हुनुपर्नेमा जोड


शुभ नारायण यादव
सप्तरी,माघ १९ गते ।
सप्तरीको डाक्नेश्वरि नगरपालिका भित्रका मजदुरहरुको क्षमता विकास हुनुपर्नेमा जोड एक कार्यक्रमका सहभागीहरुले दिएका छन । डाक्नेश्वरि नगरपालिकाको सहयोग तथा ग्रामीण महिला उत्थान विकासको आयोजनामा डाक्नेश्वरि नगर भित्रका मजदुरहरुलाइ क्षमता अभिवृद्धि सम्बन्धि अगरबति बनाउने तालिमको उदघाटन समारोहमा सहभागी बक्ताहरुले सो कुरामा जोड दिएका हुन । आयोजक सस्थाकि गायत्री पण्डितको अध्यक्षता तथा डाक्नेश्वरि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकिसुन यादवको प्रमुख आतिथ्यमा आयोजित सो तालिममा नगरपालिकाका योजना शाखा प्रमुख बिनोद कुमार ठाकुर , युवा पत्रकार शुभ नारायण यादव ,तालिमकि प्रशिक्षकहरु इन्दु देवि पण्डित , लक्ष्मि चोधरि , नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टका डाक्नेश्वरि नगर अध्यक्ष राम अवतार यादव , सचिव गणेश चोधरि , श्री प्रसाद सदा , नरेश कुमार सदा , निर्मला राम लगायतकाहरुले मजदुरहरुको हम अधिकार सुनिश्चितता हुनुपर्ने माग गरेका छन । सात दिन सम्म सन्चालन हुने सो अगरबति बनाउने तालिममा डाक्नेश्वरि नगरभरिका झन्डै १ सय जना मजदुरहरुको सहभागी रहेको आयोजकले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

HTML tutorial