मनकामनापोष्ट

Written by 5:18 pm Uncategorized

देशको बिकासमा सहकारिको अहम भुमिका ः पुर्व मन्त्री यादव शुभ नारायण यादव


सप्तरी,माघ १९ गते । पुर्व सिचाइ मन्त्री एव नेकपा माओवादि केन्द्रका नेता उमेश कुमार यादवले देशको बिकासमा सहकारि सस्थाले अहम भुमिका निर्वाह गरेको बताउनुभएको छ ।

सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुर स्थित बरहि साना किसान कृषि सहकारी सस्था लि. को ९ ओ बार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुदे मन्त्री यादवले सो कुरा बताउनुभएको हो । प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुदे मन्त्री यादवले मानव बेचबिखन बाहेक सहकारी सस्थाले हरेक काम गर्न सकिने भएकोले सहकारीको बिकास बिना मुलुकको समेत बिकास सम्भव नहुने बताउनुभयो । उहाले समाजवाद सहकारीको एउटा ऐन रहेकाले सहकारीको बिकास ने समाजको बिकास गर्न सकिने स्पष्ट पार्नुभयो । सहकारी सस्थाका अध्यक्ष तिर्थ नारायण रायको अध्यक्षतामा आयोजित सो बार्षिक साधारण सभामा सहकारीका सस्थापक अध्यक्ष तथा छिन्नमस्ता गाउपालिका वडा न.१ का वडाअध्यक्ष बिनोद कुमार यादव , वडा न.५ का वडाअध्यक्ष शिव शङ्कर पण्डित , नेकपा माओवादि केन्द्रका नेता ललन यादव, राजेन्द्रप्रसाद साह , कार्गेसका नेता लक्ष्मि राय , शिक्षक एव समाजसेवी असर्फि यादव , बालबोध झा , चुनचुन यादव ,सुकदेब यादव ,युवा पत्रकार शुभ नारायण यादव , रबि कुमार राय लगायतका बक्ताहरुले सहकारीको बिकासले गाउँ ,टोल ,समाज र देशको बिकास सम्भव रहेकाले सहकारीको बिकास हुनुपर्नेमा जोड दिनुभयो । यसेबिच बरहि साना किसान कृषि सहकारी सस्था लि. बरहि बिरपुरले २५ जना शेयर सदस्यबाट शुरुवात गरेको उक्त सस्थामा हाल ३०० जना महिला तथा ९७ जना पुरुष शेयर सदस्य रहेका छन भने सस्थाको कुल पुन्जि ६ लाख ५९ हजार १०० रुपेया रहेका छन । यस्तै कुल बचत ९१ लाख ४ हजार ९ सय १२ रुपेया ,त्रृण लगानि ९५ लाख १८ हजार ३ सय २२ रुपेया तथा ९ लाख ७१ हजार २१ रुपेया ९२ पेसा आय व्यय रहेको सस्थाका रन्जित कुमार साहले जानकारी दिनुभयो । साथै उक्त सस्थाले यसे आर्थिक वर्षदेखि अनलाइन प्रविधिबाट कार्यक्रम शुरुवात समेत गरेका छन भन्ने ५ लाख सम्म बिना धितो त्रृण लगानि गर्ने गरेका छन । यसेबिच सोहि कार्यक्रम सहकारी सस्थामा उत्कृष्ट महिला शेयर सदस्यहरु अनिता यादव , उर्मिला देवि यादव ,सरिता देवि राय ,रन्जना यादव ,रेणु देवि राय ,शिलादेवि झा ,कुसमि देवि राय ,सुजन देवि यादव ,रन्जु देवि यादव ,लुकेश्वरि देवि राय ,बुचनि देवि महतो ,बेचनि देवि खङ्ग लगायतकाहरुलाइ कार्यक्रमका प्रमुख अतिथि ,बिशिस्ट अतिथि लगायतले प्रमाण पत्र प्रदान गरेका थिए।

(Visited 8 times, 1 visits today)

HTML tutorial