शुभ नारायण यादव
सप्तरी,माघ २० गते । पछिल्लोपटक सप्तरी सहित तराई मधेशका जिल्लाहरुमा बढदे गएको शितलहरबाट जोगिन एक सस्थाले सप्तरीका डोम समुदायलाई कम्बल वितरण गरेको छ । धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा सोनाम ल्होछार–२८५८ को अवसरमा विपन्न मरिक (डोम) समुदायलाई जाडो छल्न न्यानो लुगा वितरण गरेका हुन ।
सप्तरीको छिन्नमस्ता गाउंपालिका वडा न.–३ सखडाका १५ जना परिवारको विपन्न मरिक डोम समुदायका बालबालिका र महिलाहरूलाई जाडो छल्न १÷१ थान बल्यांकेट वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा छिन्नमस्ता गाउपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण पंडित,साबिक लालापट्टी गाविसको निवर्तमान अध्यक्ष निर्मल यादव तथा निवर्तमान उपाध्यक्ष गोबिंद मंडल, अशोक सिंह, अशोक कुमार मंडल लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो । स्मरण रहोस उक्त सस्थाले चिसो पिडित ,बाढि पिडित , अग्नि पिडित लगायत अति विपन्न परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गर्दै आइरहेका छन ।
शितलहरबाट जोगिन डोम समुदायलाई कम्बल वितरण

(Visited 29 times, 1 visits today)