मनकामनापोष्ट

Written by 7:45 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

धनुषा ,सर्लाही र महोत्तरीमा एमालेको अधिवेशन फागुन ७ देखि १२ गतेसम्म हुने


जनकपुरधाम, माघ २२ गते । मधेश प्रदेशको तीन जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन हुने भएको छ ।

शुक्रवार प्रदेश कमिटीको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशनको मिति तय गरेको छ । जस अनुसार सर्लाहीमा फागुन ७ र ८ गते, धनुषामा ९ र १० तथा महोत्तरीमा फागुन ११ र १२ गतेका लागि तय गरिएको हो । प्रदेश इन्चार्ज रघुवीर महासेठले स्थानीय निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको बताए।

प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइसकेको बताउँदै आएको छ भने अर्को पक्षले विरोध गर्दै आएको छ। कोभिडको कारण देखाउँदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन।

(Visited 1 times, 1 visits today)

HTML tutorial