मनकामनापोष्ट

Written by 1:40 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

नगर प्रमुख शाह सहित धेरै व्यक्ति नेपाली कांग्रेसमा प्रवेश


कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख
रजत प्रताप शाह सहित बहुसंख्यक व्यक्ति नेपाली कांग्रेस वृहत पार्टी प्रवेश कार्यक्रम मार्फत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रमको सभापतित्व नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम , कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन मगर , कार्यक्रममा बिशिष्ट अतिथिहरु नेपाली कांग्रेस प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य , प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह , लुम्बिनी प्रदेश पर्यटन ग्रामीण सहरी विकास राज्यमन्त्री रिना नेपाल ,अतिथिहरु कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अमर सिंहले नगर प्रमुख शाहको पार्टी प्रवेशले कपिलवस्तुमा नेपाली कांग्रेस झन बलियो बनेको, सबै प्रवेशिका साथिहरु लाई हार्दिक स्वागत तथा बधाई दिए, लोकतान्त्रिक पार्टी भनेको केवल नेपाली कांग्रेस मात्र हो, सबैलाई समाबेश गर्ने पार्टी भएकाले सबैलाई समेटेर अगाडि बढिरहेकाले जनताको लहर नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले आफू नगरको विकास मा सधै रहने बताउदै जनताले फेरि आउने चुनावमा मूल्यांकन गर्ने, आफू स्वतंत्र रहेर नगर विकास गर्न खोज्दा विभिन्न तत्वहरू विरोध गर्न लागे पनि आफू जनताको हित अनुसार काम गरिरहने बताउनुभयो ।

उक्त पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्ष राम मिलन चौधरी, निर्वाचित वडा सदस्य गरिराज मिश्र लगायत अन्य वडा सदस्यहरू ,निरभय सिंह , वरुण कुमार सिंह लगायत करिव ५०÷५५ जना लाई टीका माला लगाएर प्रमुख अतिथि अमर सिंह पुन मगरले पार्टी प्रवेश गराएको भएता पनि हजारौं जनाको नाम लिष्ट पार्टी प्रवेश गरिएको सुनाइएको थियो ।

(Visited 1 times, 1 visits today)

HTML tutorial