मनकामनापोष्ट

Written by 6:27 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, सुरक्षा/अपराध, स्थानीय समाचार

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू औषध गाजा बरामद


बारा । नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा लागू औषध गाजा सशस्त्र प्रहरीले बरामद गरेको छ । बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले भारी मात्रामा लागू औषध गाजा बरामद गर्न सफल भएको हो ।

बिशेष सूचना आउनसाथ डिआइजी गणेश ठाडा मगरको निर्देशनमा खटिएको स्कवाड टोलिले लागू औषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मङ्गलवार राती करिब १०ः३० बजेको समयमा खटिएको सशस्त्र प्रहरीको टोलिले लागू औषध गाजा बरामद गरेको हो ।

बाराको सुवर्ण गाउपालिका वडा नम्बर ७ सनफुलवा खेतको नहर सडकबाट लागू औषध गाजा १ सय १२ किलोग्राम बरामद गरिएको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो । बिशेष सूचनाको अधारमा खटिएको स्कवाड टोलिलाइ हेर्नसाथ तस्करहरू फरार भएपनी लागू औषध गाजा बरामद गर्न सफल भएको, उनले बताए । बरामद गरिएको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो ।

(Visited 18 times, 1 visits today)

HTML tutorial