प्रदेश नं.२ मा जनस्वास्थ्यकर्मीको बृहत भेला सम्पन्न

२०७८ भाद्र २७, आईतवार १८:२६


राजविराज ,भाद्र २७ गते । प्रदेश न.२ को जनकपुरधाम अन्तर्गत देवपुरा रुपैठा नोचा पोखरी मा आज जनस्वास्थ्यकर्मीको बृहत भेला सम्पन भएको छ ! जनस्वास्थ्य कर्मी रमेश कुमार यादवको सहजीकरण मा संचालित भेलामा जनस्वास्थ्यकर्मी सम्बन्धी समसामयिक विषय को साथै जनस्वाथ्य कर्मी को हक हित को सुनिश्चितताको बारेमामा बृहत छलफल भएको हो । जनस्वाथ्य कर्मी खुसबु झाका अनुसार यसप्रकार को भेला ले जनस्वाथ्य कर्मी हरु प्रोत्साहित हुने र उनीहरू बीच को एकता र समन्वय दिर्गकालिन रूप मा कायम रहने बताउनु भएको छ ! यसभेला मा सहभागी हरु एकदमै उत्साहित भएको कुरा कार्यक्रम का उद्दघोसक आलोक नाथ झा ले जनाउनु भएको छ ! आगामी दिन मा पनि यस्ता किसिम का विभिन्न किसिम का जनचेतना मुलक कार्यक्रम गरी जनस्वाथ्य एबम् जनस्वाथ्य कर्मी को पहिचान सुनिश्चित गर्ने जनस्वास्थ्य कर्मी रवीन्द्र कुमार यादव ले प्रतिक्रिया दिनु भएको छ ! उक्त कार्यक्रम मा ५० जना भन्दा बढी जनस्वाथ्य कर्मी को सहभागिता रहेको थियो ! जनस्वास्थ्य कर्मी रमेश कुमार यादव का अनुसार जनस्वाथ्य कर्मी हरु ले , केन्द्रीय सरकार , प्रदेश सरकार सामाजिक विकास मन्त्रालय एबम् स्थानीय सरकार सँग समन्वय गरी आवश्यक परेको खण्डमा स्वयंसेवक को रूप मा पनि कार्य गर्न तयार रहनु पर्ने धारण व्यक्त गर्नु भएको छ । जनस्वाथ्य कर्मी मो. मकाबुल राईन का अनुसार जनस्वाथ्य पेसा छनौट गरी यस पेसामा आउनुभएका जनस्वाथ्य कर्मी को क्षमता अभिवृद्धि को लागि पहल गरिनु पर्ने आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको छ ! जनस्वाथ्य कर्मी रोशन कुमार यादव का अनुसार प्रदेश न. २ मा पनि अरु प्रदेश जस्तै यस प्रदेश मा पनि स्वास्थ्य मन्त्रालय को गठन् हुनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । जनस्वास्थ्य कर्मी दुर्गेश कुमार यादव का अनुसार प्रत्येक स्थानीय तह मा कम्ती मा १ जना जनस्वाथ्य कर्मी को दरबन्दी कायम गरिनु पर्ने धारणा व्यक्त गर्नु भएको र यसको लागि सम्पूर्ण जनस्वाथ्य कर्मी हरु को पहल नितान्त आवश्यक रहेको धारणा पनि व्यक्त गर्नु भयो ! जनस्वाथ्य कर्मी जितेन्द्र नायक , राकेश कुमार यादव , नथुनी कुमार मण्डल , सुमन कुमार यादव , पुनम साह , ज्योति शर्मा लगायत अन्य सहभागीहरुले जनस्वाथ्यकर्मीहरु जनस्वाथ्यकर्मीको हकहितको लागि विभिन्न किसिमका सकारात्मक धारणा व्यक्त गर्नु भएको छ ।



ताजा खबर