राष्ट्रिय युवा संघ नेपाल पर्साले बढायो सक्रियता

२०७९ भाद्र २९, बुधबार १२:१९

भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले आफ्नो सक्रियता बढाएको छ । राष्ट्रिय युवा संघ नेपाल पर्साले दिन प्रतिदिन आफ्नो सक्रियता बढाएकोले दैनिक युवाहरुले राष्ट्रीय युवा संघ नेपालसंग जुट्न लागेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल पर्साले दैनिक सामजिक कार्य लगायत देशको हकहितका लागि काम गर्दै आएको र भ्रष्टाचारीहरुलाई खबरदारी समेत गर्दै आएको छ । देशको विकृति विरुद्ध सधैं राष्ट्रिय युवा संघ नेपाल अगाडी रहँदै आएको छ ।

राष्ट्रिय युवा संघ नेपाल पर्साले आफ्नो सक्रियता बढाए सँगै पर्सा जिल्लाको विभिन्न वडामा कमिटी पनि गठन र पालिकामा हुने भ्रस्टचार विरुद्ध खबरदारी समेत गर्दै आएको छ ।

यस्तै आज राष्ट्रिय युवा संघ नेपालले पर्साको विभिन्न वडामा कमिटी गठन गरी परिचालन गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवंम जिल्ला इन्चार्ज रवि गुप्ताले बताए ।

त्यस्तै आज एक कार्यक्रम बीच राष्ट्रिय युवा संघ नेपाल पर्साले पकाहा मैनपुर गाउँपालिकाको वडा नं २ सुर्जहमा २१ सदस्यिय वडा कमिटी गठन गरेको छ । उक्त कमिटीका अध्यक्षमा लीलेश चौहान , उपाध्यक्षमा अक्षय पटेल , सचिवमा विकि दास लगायतका रहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवंम जिल्ला अध्यक्ष मोहमोद निजामले बताए ।

त्यस्तै वीरगन्ज महानगरको वडा नं २९ मा पनि राष्ट्रिय युवा संघ नेपाल पर्साले वडा कमिटी गठन गरेको छ । नव गठित कमिटीको अध्यक्षमा मुन्ना कुमार साह , उपाध्यक्षमा रामबाबु राम , सचिवमा सहजाद अंसारी लगायत २१ सदस्यिय वडा कमिटी गठन भएको राष्ट्रिय युवा संघ नेपालका अर्जुन नेपालले जानकारी गराए ।

त्यस्तै पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ४ र ५ मा एक कार्यक्रम बीच राष्ट्रिय युवा संघ नेपाल पर्साको वडा कमिटी गठन भएको छ । वडा नं ४ मा भएको भेलाले अध्यक्षमा मदन पञ्जियार , उपाध्यक्षमा बिरेन्द्र राउत , सचिवमा मिनी पन्जियार लगायत १७ सदस्यिय वडा कमिटी गरेको छ ।

वडा नं ५ मा भएको भेलाले अध्यक्षमा सरोज यादव , उपाध्यक्षमा सुनिल दास , सचिवमा सन्दिप साह लगायत २५ सदस्यिय वडा कमिटी गठन गरेको छ ।

उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य एवंम पकाहामैनपुर गाउँपालिका इन्चार्ज विकास पाण्डे , नेकपा एमाले पकाहामैनपुर गाउँपालिका कमिटी उपाध्यक्ष कृष्ण कुशवाहा , राष्ट्रिय युवा संघ नेपाल पर्साका जिल्ला सदस्य एवंम पकाह मैनपुर गाउँपालिका अध्यक्ष मानिस यादव , जिल्ला सदस्य दिलिप रौनियार , साहिद अंसारी , लगायतको उपस्थिति रहेको थियो।



ताजा खबर