धनुषामा एक महिलाको शव भेटियो

२०८१ बैशाख २, आईतवार १२:२४

रातिदेखी हराइरहेकी एक अधबैसे आइमाइको शव आइतबार एकाबिहानै गहुं खेतमा भेटिएका छन।

धनुषाको हंशपुर नगरपालिका ७ नौवाखोर घर भइ बस्दै आएकी बर्ष ५५ कि शुभ मन्डलको शव जिल्लाकै शहिदनगर नगरपालिका ४ स्थित ननुपट्टीको एक गहुं खेतमा प्रहरीले भेट्टाएका हुन।

बुवा देबनारायण मन्डलको मृत्योपरान्त अन्तिम संस्कारमा आएकी मन्डलको गहुं खेतमा शरिरको गरगहना शरिरमा नरहेको र अनुहारको दाहिने कन्चटमा धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रकृति रहेपनी घटनास्थलमा कुनै प्रकारको हातहतियार नरहेको धनुषा प्रहरीले बताएका छन।

नयां बर्ष २०८१ को पहिलो सांझ बुबा देवनारायण मन्डलको नौकेशको भोज रहेको समय भोज आरम्भ हुनु अगाबै लगभग ८ बजेतिर मन्डललाई कसैले नदेखेपछी खोजबिन शुरु भएको थियो। रातभरी खोजबिन चलिरह्यो बल्ल आइतबार बिहान ८ बजे रुखमा पानी हाल्न पुगेको एक स्थानियले देखेपछी हो हल्ला हुदा १२ घन्टा पछि शुभ मन्डलको हत्या भैसकेको जानकारी भएको परिवारजनको भनाइ छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय यदुकुहा, इलाका प्रहरी कार्यालय सवैलाको टोलि पुग्दा तालिम प्राप्त कुकुरले घटनास्थल देखि घरसम्म मात्र पुगेको हो।

यता मृत सवलाइ पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको र घटनाबारे छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



ताजा खबर